वनरक्षकको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्न- केटीलाई भालु किन भनिएको होला ?

काठमाडाैं | साउन ७, २०८०

वनरक्षकको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्न- केटीलाई भालु किन भनिएको होला ?

काठमाडौँ:   वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको छ।

 

विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’उक्त पुस्तकको पेज नम्बर १४३ मा केटी ९महिला०हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ।

 

पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक कुरा सोधिएको हो।

 

त्यसपछि जवाफको अप्सनमा राखिएको छ।

 

 

उक्त प्रश्नलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उक्त कितावको विवादित प्रश्नोत्तर सार्वजनिक भएपछि विद्या विकास पब्लिकेसन्सका सञ्चालक बाबुराम आचार्य तनावमा छन्।

 

कलंकीमा रहेको आफ्नो प्रेसबाट पुस्तक छापेपछि उनले कार्यालयको फोन नम्बर पनि राखेका थिए। उक्त प्रश्नलाई लिएर आचार्यले अहिले जवाफ दिएर भ्याइ नभ्याइ भएको छ।

 

‘लेखकले लेखेर ल्याएपछि हामीले किताब छापिदिएको हो। हामीलाई भित्रको कन्टेन्ट के हुन्छ थाहा हुँदैन’, उनले भने, ‘लोकसेवाका लागि पुस्तक लेखिरहने सरले ल्याएपछि सबै हेरिरहने कुरा पनि भएन। सरले ल्याएपछि हामीले प्रकाशित गरिदिएका हौँ।’

 

उनले उक्त पुस्तकमा भएको विवादित कन्टेन्टलाई लिएर फोन आइरहेको बताए।

 

‘हामीलाई फोन आएको आयै छ। उता हामीले सरसँग सम्पर्क गरिरहेका छौँ। उहाँले अहिले बैठकमा व्यस्त छु भन्नु भएको छ’, उनले भने, ‘उहाँसँग कुरा भएपछि बजार पठाइएका सबै पुस्तक फिर्ता गर्ने वा कन्टेन्ट सच्याएर फेरि छाप्ने कुराबारे निर्णय लिन्छौँ।’

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्